Logo

ए डिभिजन लिग – एपीएफ भर्सेस शेर्पा, मनाङलाई सातदोबाटोको चुनौति



Spread the love

३० पुस, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आजबाट नवौं चरणका खेलहरु सुरु हुँदैछन्। पहिलो खेल अन्तर्गत दशरथ रंगशालामा दिउँसो १ बजे विभागीय टोली एपीएफ र हिमालयन शेर्पा आमनेसामने हुदैँछ।

लिगमा ८ खेलबाट हिमालयन शेर्पाले ११ अंक जोड्दै तालिकाको छैठौं स्थानमा छभने समान खेलबाट ८ खेलबाट ७ अंक जोडेको एपीएफ तालिकाको दशौं स्थानमा छ।

एपीएफ रेलिगेशन जोन छाडेपनि सेफ ल्याण्डिङको प्रयासमा रहने छ भने शेर्पा पनि तीन अंक लिने ध्येयमा हुनेछ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा साँझ पौने पाँच बजे मनाङ मर्स्याङदी क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्।

मनाङले ८ खेलबाट १९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। सातदोबाटो ८ खेलबाट ९ अंक जोडेको तालिकाको ८ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्