Logo

रंगशाला प्रवेश गर्न अब कोभिड खोप कार्ड देखाउनुपर्ने



Spread the love

३० पुस, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगका खेलहरु हेर्न रंगशाला प्रवेश गर्ने क्रममा अब दर्शकहरुले कोभिड १९ विरुद्धको खोप कार्ड देखाउनुपर्ने भएको छ। अखिल नेपाल फुटबल संघले आजबाट नै रंगशाला प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेको हो ।

कोरोना संक्रमणका कारण प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। प्रशासनले माघ ७ गतेबाट रंगशालासहित सार्वजनिक निकाय र स्थलमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्