Logo

सुनको मूल्यमा सामान्य वृद्धि, कति छ आजको बजार भाउ ?



Spread the love

४ माघ, काठमाडौँ। मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज तोलामा सुनको मूल्य १ सय रुपैयाँले वृद्धि भइ ९२ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य स्थिररहेको छ । सोमबार चाँदीको मूल्य १ हजार २ सय ५५ रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्