Logo

आहा रारा गोल्डकप – एपीएफ क्वाटरफाइनलमा, सहारा प्रतियोगिताबाट बाहिरीयो



Spread the love

६ माघ, पोखरा । एपीएफ फुटबल क्लव आहा रारा गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले सहारा क्लवलाई २-० ले हराएको हो ।

पोखरा रंगशालामा भएको खेलमा १४ औं मिनेटमा आभाष लामिछानेले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। ५९ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफको जित पक्का गरे ।

जितसँगै एपीएफ क्लव अन्तिम आठमा पुगेको छ भने सहारा प्रतियोगिताबाट बाहिरीएको छ ।

प्रतिक्रिया दिनुहोस्