Logo

बार्सिलोना कोपा डेल रेको अन्तिम–१६ बाटै बाहिरियो, रियाल क्वार्टरफाइनलमा



Spread the love

एजेन्सी । बार्सिलोना कोपा डेल रेको अन्तिम–१६ बाटै बाहिरिएको छ । गएराती एथलेटिक बिल्बाओसँग ३–२ ले पराजित भएपछि बार्सिलोना कोपा डेल रेको अन्तिम–१६ बाटै बाहिरिएको हो ।

साविक विजेता बार्सिलोनाले निर्धारित ९० मिनेटको समय २–२ को बराबरी खेलेको थियो ।

थपिएको ३० मिनेटको १५औं मिनेटमा एथलेटिक बिल्बाओका मुनियनले पेनाल्टीमा गोल गरेपछि बार्सिलोना पुनः एक पटक स्तब्ध बन्यो । एथलेटिक बिल्बाओले क्वार्टरफाइनलमा स्थान पक्का गर्यो ।

त्यस्तै, रियालले गएराति नै इल्चेलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्