Logo

शिष्ट कलेजमा हल्ट प्राइज २०२१/२२ दोस्रो पटक आयोजना हुँदै



Spread the love
May be an image of text that says 'ဝံဝ HULT PRIZE ADECADE Weare Leading a Generation To Change The World hultprize.org OnCampus Program United Nati ons unidorn.org'

८ माघ, काठमाडाैँ । गत वर्ष जस्तै यो वर्ष पनि पोखरा विश्वविद्यालय अन्तर्गत शिष्ट कलेजमा हल्ट प्राइज २०२१/२२ दोस्रो पटक आयोजना हुँदै छ। ११ जनाको आयोजक समिति गठन गरेर क्याम्पस डिरेक्टर दिपा घिमिरेको नेतृत्वमा यसपालिको शीर्षक “Getting the word back to work”मा on -Campus प्रोग्राम हुन गइरहेको कुरा क्याम्पस डिरेक्टरले जानकारी गराएकी छिन्।

अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्ट अप रहेको हल्ट प्राइजले अहिलेको युवालाई सामाजिक समस्याको समाधानको लागि कुनै एउटा सृजनात्मक व्यापारिक सोच ल्याइ विश्वलाई सकारात्मक बाटोतर्फ लैजाने अवसर दिँदै आइरहेको कुरा आयोजक परिवारले बताएका छन् । विद्यार्थीको जीवनमा एक नोबल पुरस्कारको रूपमा चिनिने हल्ट प्राइजले हरेक वर्ष एक नयाँ चुनौती दिँदै आइरहेको र हाल कोरोनाको महामारीले विश्वभरमा धेरै मानिसले आफ्नो जागिर गुमाएको अवस्थामा यो वर्षको थेम उक्त विषयमा राखिएको कुरा हामीलाई अवगत गराइएको छ।

हल्ट प्राइज २०२१/२२ को तयारी सुरु भैसकेको र विश्वभरका १२२ वटा देशको दुई हजारभन्दा बढी विश्वविद्यालयहरूका विद्यार्थीहरूले भाग लिने उक्त कार्यक्रमलाई हल्ट फाउन्डेसन, हल्ट बिजनेस इन्टरनेसनल स्कुल र संयुक्त राष्ट्र सङ्घले संयुक्त रूपमा आयोजना गर्दै आएका छन् | आशिष लामिछाने, प्रयास घिमिरे र सन्तोष खड्का गरी तिन जना सल्लाहकारको सहयोगमा Oncampus प्रोग्राम सफल हुने कुरामा आयोजक परिवार विश्वस्त छन् ।

पोखरा विश्वविद्यालयका सम्पूर्ण आङ्गिक तथा सम्बन्ध प्राप्त क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू तीन वा चार जनाको एउटा समूह बनाई उक्त on-campusमा सहभागी हुन सक्नेछन्| यस कार्यक्रमलाई यस वर्ष अझ व्यापक सफल र उत्कृष्ट बनाउने उद्देश्यले थुप्रै जानकारीमूलक कार्यक्रमहरूका साथ सम्पूर्ण आयोजक लागिपरेका छन् | “तपाईँको विचारलाई गोप्य नराख्नुस् तपाईँले जति प्रतिक्रिया पाउनुहुन्छ त्यति ने राम्रो गर्दै जानु हुन्छ” – अहमद अस्कर

प्रतिक्रिया दिनुहोस्