Logo

बराबरीमा रोकियो सिटी, राशफोर्डको गोलमा युनाइटेडको जित



Spread the love

एजेन्सी । प्रिमियर लिग म्यानचेस्टर सिटीले शनिबार राति साउथह्याम्पटनसँग १–१ को बराबरी खेलेको छ । बराबरीमा रोकिएपछि सिटीले शीर्ष स्थानमा अग्रता बढाउने मौका पनि गुमाएको छ ।

२३ खेलबाट ५७ अंक जोडेर सिटी शीर्ष स्थानमा छ ।

त्यस्तै, अर्को खेलमा बैकल्पिक खेलाडी मार्कुश राशफोर्डले इन्जुरी समयमा गरेको गोलमा युनाइटेडले वेष्ट ह्यामलाई १–० ले पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा राशफोर्डले अन्तिम मिनेटमा गरेको गोल युनाइटेडलाई जितका लागि पर्याप्त बन्यो।

राशफोर्ड ६२औं मिनेटमा एन्थोनी एलान्गाको स्थानमा मैदान छिरेका थिए ।

जितसँगै युनाइटेड चौथो स्थानमा उक्लिएको छ । युनाइटेडले २२ खेलबाट ३८ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्