Logo

आहा रारा गोल्डकप – साविक विजेता संकटालाई मछिन्द्रको चूनौति



Spread the love

१० माघ, पोखरा । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा मछिन्द्र फुटबल क्लब र संकटा क्लब आमनेसामने हुदैँछ। पोखरा रंगशालामा खेल आज दिउँसो २ः३० बजे सुरु हुनेछ ।

आजको विजेताले सेमिफाइनलमा विभागीय टोली एएफपीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। दुबै टोलि जितका लागि मैदानमा उत्रदैछ ।

ए डिभिजन लिगमा मछिन्द्र नवौं चरणको एक खेल बाँकी रहँदा २३ अंकका साथ लिगको शीर्षस्थानमा रहेको छ । आहा गोल्डकपको साविक विजेता समेत रहेको संकटा पनि आठौं चरणसम्म अपराजित टोली थियो । नवौं चरणमा संकटा थ्री स्टार क्लबसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्