Logo

भारतमा कोरोना निरन्तर घट्दै, पछिल्लो २४ घन्टामा मात्र ३ लाख ६ हजार संक्रमित



Spread the love

एजेन्सी । भारतमा केहि दिनदेखि निरन्तर कोरोना संक्रमण घट्दै छ । भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ६ हजार संक्रमित थपिएका छन्। अघिल्लो दिन ३ लाख ३३ हजार संक्रमित फेला परेको यहाँ एकै दिन ३० हजारले संक्रमित घटेका हुन्।

पछिल्लो २४ घन्टामा २ लाख ४२ हजार संक्रमित निको भएका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, सोही अवधिमा ४ सय ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमण दर २०.७५ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्