Logo

कतै तपाईको इम्युनिटी पावर कमजोर त छैन ? यसरी थाहा पाउनुहोस्



Spread the love

एजेन्सी । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि छैन केही मानिसहरू अरू भन्दा बढी बिरामी हुन्छन्। कारण उनीहरुको शरीरमा कीटाणु र भाइरसहरूसँग लड्ने क्षमता कम भएर हो, जसको मतलब तपाईंको रोग प्रतिरोधात्मक क्षमता धेरै कमजोर छ। तर कहिलेकाँही हामीलाई इम्युनिटी पावर कमजोर भएको थाहै हुन्न । आज हामी इम्युनिटी पावर कमजोर हुदाँ कस्ता कस्ता लक्षणहरु देखा पर्छन् भन्ने बारे बताउँदै छौँ:
तनाव
लामो समयसम्मको तनावले प्रतिरक्षा प्रणालीको प्रतिक्रियालाई कमजोर बनाउँछ ।
रुघाखोकी
साधारनतय वर्षको दुईपटक रुघाखोकी लाग्नु स्वाभाविक हो । तर तपाईंलाई लगातार रुघाखोकी र ज्वरो आइरहन्छ भने तपाईंको इम्युनिटी कमजोर भएको भनि बुझ्नुपर्छ ।
थकाइ
जतिबेला पनि थकाइ लागिरहन्छ भने रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनसक्छ ।
घाउ चाडै निको नहुने
तपाईंको घाउ निको हुन एकदमै लामो समय लाग्यो भने कमजोर इम्युनिटीको लक्षण हो ।

यसबाट छुटकारा चाहनुहुन्छ भने यसो गर्नुहोस्
तनावबाट टाढा
पर्याप्त निद्रा
नियमित व्यायाम
खोपहरू

प्रतिक्रिया दिनुहोस्