Logo

शरीरमा पानीको कमि भयो ? खरबुजा खानुहोस्



Spread the love

एजेन्सी । खरबुजा पानीको मात्रा अत्यधिक भएको फल हो । यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खानु विभिन्न रोगका लागि फाइदाजनक पनि मानिन्छ ।

कम वजन गर्न चाहनेहरुका लागि समेत खरबुजाको सेवन हितकारी हुन्छ यसका साथै क्यालोरी तथा चिनीको मात्रा निकै न्यून हुन्छ । साथै खरबुजा एन्टिअक्सीडेन्ट र भिटामिन सी को पनि राम्रो श्रोत हो । त्यसैले खरबुजा स्वास्थ्यका लागि हितकारी हुन्छ ।

खरबुजा खाँदा कस्ता फाइदा हुन्छन् ?
रोग प्रतिरक्षा प्रणालीमा सुधार गर्न मद्दत गर्दछ
किडनीको रोग भएकालाई फाइदा गर्छ
रक्तचाप नियमित रूपमा गराउँछ
डिहाइड्रेशन रोक्छ
यो एन्टीक्यान्सर गुणहरू छन्
मधुमेहमा नियन्त्रण
तौल घटाउन फाइदाजनक

प्रतिक्रिया दिनुहोस्