Logo

तपाईलाई थायराइड छ ? थायराइड बढे केके खाने त ?



Spread the love

एजेन्सी । थाइरोइड एक एंडोक्राइन ग्रंथि हो जुन प्रत्येक मानव शरीरको घाँटीमा हुन्छ । यस ग्रंथिको काम t3 र t4 हर्मोनहरू निर्माण गर्नु हो। जब यो ग्रंथि राम्रोसँग काम गर्दैन, तब मोटोपना घट्ने र बढ्ने जस्ता समस्या देखा पर्दछ। थाइरोइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनले मानव शरीरलाई धेरै फाइदा पुर्‍याउँछ। जस्तै: सामान्य शरीरको तापमान कायम राख्न, शरीरमा ऊर्जा खपत सन्तुलन कायम राख्न र मस्तिष्क, हृदय सहित अन्य अंगहरूको सामान्य कार्य कायम राख्न मद्दत गर्दछ ।

यदि थायराइड कम छ भने यस्ता खानेकुरा नखानुहोस्:

सोयाबिन नखानुहोस्
सोयाबीनमा फयटोएस्ट्रोजन हुन्छ, जसले थाइरोइड हर्मोनको उत्पादनमा रोकावट ल्याउँछ। यसले t3र t4 उत्पादन गर्ने इन्जाइमहरूलाई रोक्छ। त्यसैले थाइराइडको कमी भएमा सोयाबीनको सेवन गर्नु हुँदैन।

प्रशोधित खाना नखानुहोस्।
प्रशोधित वा प्याकेज गरिएको खानामा सोडियमको मात्रा धेरै हुन्छ। शरीरमा सोडियमको मात्रा बढी हुँदा डिहाइड्रेसन हुन सक्छ, जुन थाइराइड रोगीको लागि खतरनाक हुन्छ।

चिनीबाट बच्नुहोस्
थाइराइडको मात्रा कम हुँदा तौल बढ्ने खतरा हुन्छ। तसर्थ, चिनी धेरै मात्रामा उपभोग गर्नु हुँदैन, किनभने यसमा पोषण कम हुन्छ र क्यालोरी धेरै हुन्छ।

थायराइड बढि भएमा यस्ता खानेकुरा खानुहोस्

प्रोटिनको अत्याधिक सेवन गर्नुहोस्: अण्डा, माछा, मासु, राजमा
हाई क्यालोरी भएको खानेकुरा खाने: दहि, दुध, आलु, खजुर, केरा
क्याल्सियम भएको खानेकुरा खाने: दुधबाट बनेका परिकार र हरिया सब्जी खाने

प्रतिक्रिया दिनुहोस्