Logo

आहा रारा गोल्डकप – फाइनल प्रवेशका लागि मनाङ र आर्मी भिड्दै



Spread the love

१३ माघ, पोखरा । आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज मनाङ मर्स्याङ्दीले त्रिभुवन आर्मीसंग प्रतिस्पर्धा गर्दैछ। पोखरा रंगशालामा दिउँसो साढे २ बजे खेल सुरु हुदैँछ।

मनाङले पुलिसलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने आर्मीले थ्रीस्टारलाई १–० गोलले पराजित गरेको थियो।

आजको विजेताले एपीएफसँग फाइनलमा भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस्