Logo

दक्षिण कोरियामा अहिलेसम्मकै सर्वाधिक संक्रमित भेटिए, भारतमा संक्रमण घट्दो क्रममा



Spread the love

एजेन्सी। दक्षिण कोरियामा एकै दिनमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । एकैदिनमा १४ हजार ५७१ जना संक्रमित देखिएका दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएको छ । यो संक्रमण संख्या यहाँ कोरोनाको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ७ लाख ७७ हजारभन्दा बढी पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जना कोभिड संक्रमित थपिएका छन् । ५७३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार त्यहाँको संक्रमण हुने दर १९.५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्