Logo

राष्ट्रियसभाको बैठक माघ १७ गते बस्दै



Spread the love

१३ माघ, काठमाडौं । राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले माघ १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको जानकारी दिएका छन् ।

यसअघि माघ २ गते अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्