Logo

साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट, कति छ आजको बजार भाउ ?



Spread the love

१४ माघ, काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। आज प्रति तोलामा ९०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा २५ रुपैयाँले घटी एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्