Logo

संक्रमण पुष्टिपछि आइसोलेसनमा नबस्नु बहादुरी होइन – महामन्त्री शर्मा



Spread the love

१४ माघ, काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना पुष्टि भएपछि आइसोलेसनमा नबस्नु अन्य मानिसको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै शर्माले संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हरेक नागरिकको जिम्मेवारी भएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।

उनले भने, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन, गैह्र जिम्मेवारीको पराकाष्ठा, कानुनको उल्लंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो । यही ज्ञान र विज्ञान आत्मसात गरेर संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर बल्ल सांगठनिक काममा फर्केको छु ।’

प्रतिक्रिया दिनुहोस्