Logo

टी–२० विश्वकप छनोट – नेपालले ओमानसंग प्रतिस्पर्धा गर्ने



Spread the love

काठमाडौँ । आईसीसी विश्व कप टी–२० ग्लोबल छनोट ए अन्तर्गत नेपाल ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार उद्घाटन खेलमा नेपाल र ओमानबीच खेल हुने भएको हो ।

नेपाल रहेको समूह ए लाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह १ मा नेपाल, ओमान, क्यानडा, र फिलिपिन्स छन् भने समूह २ मा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी रहेको छ ।

नेपालले विश्वकप छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० शृङ्खला खेल्नेछ । ओमानमा हुने त्यो शृङ्खलामा नेपालसहित यूएई, आयरल्यान्ड र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्