Logo

विगतका गल्ति सुधार गर्दै जितका लागि नेपाली टिम मैदान उत्रने – सहायक प्रशिक्षक श्रेष्ठ



Spread the love

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीले अफ्रिकी देश मौरिसससँग खेल्ने पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार हुँदैछ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शकसहित अन्तर्राष्ट्रिय फुटबलको आयोजनाका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तयारी पूरा गरेको छ ।

प्रतियोगिता अघि आयोजित प्रि म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले तयारी राम्रो रहेको बताए । उनले दशरथ रंगशालामा जितका लागि नेपाली टिम मैदान उत्रने बताए ।

यस्तै, राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले शनिबारको खेलका लागि सबै खेलाडी फिट रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्