Logo

उत्तर कोरियाले गर्‍यो सन् २०१७ यताकै शक्तिशाली मिसाइलको परीक्षण



Spread the love

एजेन्सी । उत्तर कोरियाले सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको छ। आइतवार ७:५२ बजे उत्तर कोरियाको पूर्वीय तटबाट मिसाइल प्रहार भएको हो।

जापान, दक्षिण कोरिया र अमेरिकाले परीक्षणको विरोध गरेका छन्। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई बिस्फोटक र आणविक हतियार परीक्षण गर्न प्रतिवन्ध लगाउँदै आएको छ। तर, उत्तर कोरियाले भने लगातार मिशाइल परीक्षण गरिरहेको छ ।

उत्तर कोरियाले आइतबार मध्यम दूरीमा मार हान्न सक्ने सन् २०१७ यताकै शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्