Logo

भारतमा थपिए २ लाख ३४ हजार कारोना संक्रमित, ८९३ को मृत्यु



Spread the love

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ३४ हजार २८१ जनामा कोभिड संक्रमण देखिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याकं अनुसार यस अवधिमा तीन लाख ५२ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् भने ८ सय ९३ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म १८ लाख ८४ हजार ९३७ जना संक्रमित भएका छन् । अहिलेसम्म १.६५ करोडले कोभिडविरुद्धको खोप लगाएका छन् ।

त्यस्तै, दैनिक र साप्ताहिक संक्रमण दर क्रमश: १४.५ र १६.४ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्