Logo

मधुमेहका बिरामीले सुन्तला खाने कि नखाने ?



Spread the love

एजेन्सी । यदि तपाइँ मधुमेह रोगी हुनुहुन्छ भने, तपाई केके खादै हुनुहुन्छ भन्ने बारे विशेष ध्यान दिनु अत्यन्तै आवश्यक छ। मधुमेह भएका व्यक्तिहरूले रोगसँग सम्बन्धित जटिलताहरूबाट जोगाउनका साथै रगतमा चिनीको मात्रालाई कायम राख्न मद्दत गर्ने पोषणले भरिपुर्ण खानेकुरा खानुपर्ने हुन्छ। आउनुहोस् जानौं मधुमेह रोगीले सुन्तला खाने कि नखाने ?

औसत सुन्तलामा ४० को ग्लाइसेमिक इन्डेक्स हुन्छ, साथै उच्च मात्रामा आहार फाइबर हुन्छ। समान औसत सुन्तलामा छ को ग्लाइसेमिक भार छ, जसको मतलब यसले रगतमा चिनीको स्तर धेरै कम मात्रामा बढाउँछ। सुन्तलामा पाइने फाइबरले रक्तप्रवाहमा अवशोषणको दरलाई कम गरेर रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ।

यसबाहेक, सुन्तला पोषक तत्वको उत्कृष्ट स्रोत हो, यसले ऊर्जा, भिटामिन सी र फाइबर प्रदान गर्दछ। फाइबर पाचन प्रणालीको लागि आवश्यक छ । यसमा पाइने भिटामिन सीले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ र हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। त्यसैले यदि तपाईलाई मधुमेह छ भने सुन्तला खान सकिन्छ । तर, सुन्तलाको जुसको रुपमा पिउनु हुँदैन ।सुन्तलाको जुसले मधुमेहको जोखिम बढाउँछ ।

जान्नुहोस् सुन्तला खानुका फाइदाहरु

-सुन्तला खाँदा छालामा निखारता आउँछ ।
-सुन्तला मृगौलाको पत्थरीलाई रोक्न धेरै लाभदायक छ।
-तौल घटाउन निकै उपयोगी हुन्छ ।
-सुन्तला आँखाका लागि पनि निकै फाइदाजनक हुन्छ।
-सुन्तलाले खाना पचाउन निकै मदत मिल्छ।
-सुन्तलामा केही यस्ता पौष्टिक तत्व हुन्छन् जुन कपालका लागि पनि निकै फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्