Logo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका फिल्डिङ कन्सल्टेन्टमा श्रीनिवास नियुक्त



Spread the love

१७ माघ, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्टमा रघुराम श्रीनिवास नियुक्त भएका छन्। नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँग अमेरिकामा रहँदासँगै काम गरेका उनी ए लेभलका भारतीय प्रशिक्षक भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

उनी आइतबार भारतबाट काठमाडौं आएका छन्। विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका लागि नेपाली टोली अहिले प्रशिक्षणमा छ।

प्रतिक्रिया दिनुहोस्