Logo

बिग बोस सिजन १५ को विजेता बनिन् तेजस्वी प्रकाश



Spread the love

एजेन्सी । सलमान खान होस्ट रहेको बिग बोस सिजन १५ तेजस्वी प्रकाशले जितेकी छिन्। उनले करण कुन्द्रा र प्रतीक सहजपाललाई पछाडि पार्दै बिग बोस १५ को ट्रफी उचालेकी हुन्।

लाइभ भोटिङपछि विजेता घोषणा गरिएको थियो।तेजस्वीले सबै सह-प्रतियोगीहरूलाई हराएर आइतबार बिग बोस १५ को ट्रफी उचाल्दै ५० लाख नगद पुरस्कार पनि जितिन् ।

उनि कलर्स टिभी शो स्वरागिनीबाट एकाएक चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्