Logo

नेपालले आज मरिससविरुद्द दोस्रो मैत्रीपूर्ण खेल खेल्दै



Spread the love
तस्बिर – एन्फा

१८ माघ, काठमाडौँ । नेपालले मोरिसससँग आज दोस्रो मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा जित निकालेको नेपालले मंगलबार फेरि मोरिसससँग भिड्न लागेको हो ।खेल बेलुका पौने पाँच बजे दशरथ रंगशालामा हुनेछ ।

मरिसससँगको दोस्रो खेललाई नेपालका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।

२३ सदस्यीय टिम

किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ, सन्तोष तामाङ

प्रतिक्रिया दिनुहोस्