Logo

गुल्मी: श्रीमानले १० वर्षसम्म कमाएको पैसा हिनामिना गरेर श्रीमति अर्कैसित भागिन्,फोनमै दिन थालिन् धम्की



Spread the love

१४ वैशाख, गुल्मी । गुल्मीको मालिका गाउँपालिका १ नेटाका ३२ वर्षीय दुजमान सुनारले १० वर्षसम्म मलेसियामा दुःख गरेर कमाएको धन सम्पत्ति लगेर उनकी श्रीमती मिना विक अर्कैसित भागेकी छन् ।

एक महिना अघिदेखि उनी सम्पर्क बिहिन भएकी हुन् । सम्पर्क बिहिन भएपछि उनका श्रीमान विदेशबाट आएर खोजी कार्य सुरु गर्दा उनी अर्कै पुरूषसँग भागेको स्वयम् मिनाले फोन मार्फत उनलाई जानकारी गराएकी थिइन् ।

साढे तीन तोला सुन र झण्डै १२ लाख नगद रुपैयाँ लिएर श्रीमती भागेको पीडित दुजमान सुनारले बताए ।

न्यायका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी,पौदी अमराई प्रहरी चौकी तथा बुटवलमा समेत निवेदन दिए पनि प्रहरीले खोजी कार्यमा आनाकानी गरेको पीडित परिवारको गुनासो रहेको छ ।

प्रहरीले चासो नदिएको भन्दै पीडितले सञ्चारमाध्यममा हारगुहार गर्दा उता उनकी श्रीमती मिना विकले फोनबाट धम्की दिन थालेकी छन् ।

“९७****११०० नम्बरबाट धम्की दिने ,मलाई खोज्ने आFट नगर, सक्छस् भने अगाडी आइज” भन्दै धम्की दिने गरेको पीडित सुनारले बताए ।

फोन गरेर धम्की दिदा समेत प्रहरीले खोजीकार्यमा ढिलासुस्ती देखाएर पीडकलाई मलजल गरेको पीडितका आफ्नता विष्णु विकले बताए ।
दुजमान सुनार विगत १० वर्ष देखि मलेशियामा रोजगारीमा भए पनि समय समयमा घर आउने र घरपरिवारमा राम्रै सम्बन्ध निभाएका थिए ।
उनका कक्षा सात र तीनमा पढ्ने दुई छोरा समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्