Logo

सलमान खानको ‘रेस ३’ ट्रेलर सार्वजनिक (भिडियो)



Spread the love

बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘रेस ३’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । रिलिजको एक महिना अघि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।सन् २००८ मा प्रदर्शनमा आएको ‘रेस’को तेस्रो भागमा रेमो डिसुजाको निर्देशन रहेको छ।यसअघिका दुई भागमा अभिनेता सैफ अलि खानकाे मुख्य भूमिका रहेकाे थियाे । यसमा सलमान भिलेनकाे भूमिकामा देखिएका छन् ।  ३ मिनेट लामो ट्रेलर भरपुर एक्सनले भरिएको छ । यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलाई एक्सन अवतारमा देख्न सकिन्छ । रमेश तौरानी निर्मित यस फिल्मको ट्रेलरमा ज्याकलीन र डेजी निकै बोल्ड लुक्समा देखिएका छन् । चलचित्र आउँदो जुन १५ (असार १ गते) रिलिज हुदैँछ ।
हेर्नुहोस् ट्रेलर:

https://youtu.be/xBht9TG7ySw

प्रतिक्रिया दिनुहोस्