Logo

‘जाइरा’मा नम्रताको एक्सन अवतार, यस्तो देखिईन मार्शल आर्ट्स खेलाडीको लुक्समा (फोटोसहित)



Spread the love

प्रायः लभस्टोरी जनराका फिल्ममा देखिँदै आएकी अभिनेत्री नम्रता श्रेष्ठलाई नयाँ फिल्म ‘जाइरा’ मा भने विल्कुलै फरक अवतारमा देख्न पाइने भएको छ । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको यो फिल्ममा उनी एक मार्शल आर्ट्स खेलाडीको भूमिकामा देखिँदैछिन् ।मङ्गलवार जायराले आयोजना गरेको विशेष कार्यक्रममा नम्रता विल्कुलै फरक अवतारमा उपस्थित भइन् । स्पोर्टी लुक्समा देखिएकी नम्रताले कपाल काटेकी थिइन् ।मंगलवार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मका कलाकारको लुक्स भिन्न शैलीमा सार्वजनिक गरियो । पोष्टरमार्फत् कलाकारको लुक्स सार्वजनिक गर्ने परम्परा विपरित ‘जाइरा’ का कलाकार फिल्मकै गेटअपमा उपस्थित भएका थिए । नम्रताले आफ्नो लोभलाग्दो कपाल काट्नु पर्दा निकै दुख लागेकोका कार्यक्रममा बताइन् । ‘कैची कानसम्म पुग्दा निकै दुख लागेको थियो ।’ नम्रता बताउँछिन् । चलचित्रकै लागी विगत केही महिना देखि नम्रता सिक्स प्याक निकाल्ने तयारी गरेकी थिइन् । उनी ५१ केजी तौल घटाएर ४३ केजीमा पुगेकी छिन् ।पहिलो पटक फरक भूमिकामा देखिन लागेका कारण उनको ओठमा खुसीको मुस्कान छल्किएको थियो । सृजना यस फिल्मकी एन्टागोनिस्ट हुन् । पर्दामा सृजना र नम्रता आमने-सामने हुनेछन् ।  चलचित्रमा यी दुई बाहेक अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको अभिनय रहेको छ । चलचित्रलाई आशुतोष श्रेष्ठले निर्देशन गरेका हुन् । एक्सन जनरामा बनेको चलचित्र जायरा नारीप्रधान रहेको निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्