Logo

परियार दम्पतिलाई ठुलो बज्रपात,२८ महिने नावालक छोरालाई बोनम्यारो रोग



Spread the love

अर्घाखाची स्थायी घर भइ हाल काठमाडौँ बस्दै आएका राम बहादुर परियार र राधा परियार दम्पतिलाई यति बेला ठुलो बज्रपात परेको छ ।उनका नाबालक २८ महिने छोरा रनीक परियारलाई बोन म्यारो रोग लागेपछि परियारलाई छोरा बचाउन अपिल गरेका छन् । चार महिना देखि नै यति ठुलो रोगले समातेपछि आर्थिक अवस्था कमजोर भएको परियारलाई छोरा बचाउ अभियानमा लागेका छन् । उनको उपचारको लागि करिब १७ लाख रकम जुटाउनु पर्ने भएको छ ।

रनीक परियारका आमा भाबुक हुदै भन्छिन,छोराको लागि सबै गरि सक्यौ अब केहि बाकी छैन । मेरो छोरालाई गुमाउन चाहन्न सक्दो सहयोग गर्नुहोस ।आर्थिक अभावका कारण जीवन मरणको दोसाँधमा रहेका अर्घाखाँची पाणेनी-१ निवासी रामु बहादुर परियार उपचारको लागि आर्थिक संकलन गर्न शुरु गरिएको छ ।Image result for रनिक बचाउ अभियान’अर्घाखाँची पाणेनी-१ निवासी रामु बहादुर परियारका २८ महिनाको एक छोरा रनिक परियारलाई थाला सिमिया अर्थात बोन म्यारो रोग लागेको हुँदा बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने छ । करिब एक महिनादेखि काठमाण्डौको मिन भवन अगाडी रहेको सिभिल अस्पतालमा उपचार गराईरहेका ‘रनिकको उपचारका लागि १७ लाख रुपैयाँ आवश्यक पर्ने चिकित्सकहरुले बताएका छन् ।

आर्थिक अवस्था कम्जोर भएकै कारण उनको उपचार अहिले सम्म हुन सकेको छैन।रनिकको जीवन बचाउन ‘रनिक परियार बचाउ अभियान’ पनि नथालिएको होइन। तर उक्त अभियानबाट अहिले सम्म जम्मा एक लाख पन्ध्र हजार जम्मा भएको रामुको भनाई रहेको छ। एक चोटी शरीरको सबै रगत फेर्दा रनिकलाई २५०० देखि ३००० सम्मको खर्च लाग्छ। हालको मिति सम्म उनको शरीरमा २२ चोटी रगत फेरीसकिएको छ। अब छिट्टै रकम जम्मा भइदिए उनको बोन म्यारो ट्रान्सप्लान्ट गर्ने भनिएको छ।

रनिकलाई आर्थिक सहयोग गर्ने संघ संस्था वा व्यक्तिले बैन्क अफ काठमान्डुमा रामु बहादुर परियारको नाममा रहेको खाता नम्बर ०३४४०००००५००५२४ मा सक्दो रकम सहयोग स्वरुप पठाउन सक्नु हुनेछ । साथै मोबाईल नम्बर ९८४९७४५६५० मा सम्पर्क गर्न सकिनेछ।

विशाल हृदय पारेर आफुले सकेजति तपाईहामीले सहयोग गर्यौ भने पक्कै पनि रनिकको जीवन फेरी स्वस्थ हुनेछ। हाम्रो सानो सहयोगले कसैले नयाँ जीवन पाउछ भने हामी किन सहयोग नगर्ने। सके धेरै नसके थोरै भएपनि सहयोग गरीनु हुन् सबैलाई बिनम्र अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्