Logo

इन्धनको विषयमा प्रधानमन्त्री ओली मौन



Spread the love

नाकान्दीका बेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने विषयमा पछि हटेका छन् ।

इन्डिया आयल कर्पोरेसन (आइओसी) को विकल्पमा करिब ३३ प्रतिशत इन्धन चीनलगायत अन्य मुलुकबाट ल्याउन सक्ने निर्णय गरेका ओली यति बेला भने त्यसबारे मौन छन् । 

नाकाबन्दीताका पनि प्रधानमन्त्री रहेका ओलीले यस्तो निर्णय गरेका थिए भन्ने खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

इन्धन आयातमा भारतको विकल्प खोज्ने बताउँदै आएका ओलीले यसपटकको चीन भ्रमणमा यो अजेन्डा नै राखिएन ।

प्रतिक्रिया दिनुहोस्