Logo

छविकिरण अधिकारीका तीन मुक्तक



Spread the love

 

  • छविकिरण अधिकारी

 

बनाउन पनि अचम्मको, कहानी बनाउँछन्

न त भब्य न त सभ्य, जिन्दगानी बनाउँछ्न् !!

विदेशीले पढाई सकी स्वदेशमै जागिर गर्छन्

नेपालीहरू खाडी जान, राहदानी बनाउँछन् !!

ooo

छोडेर आफ्ना साथी भाइ, सहर पसेदेखि

फेरिएको छ लवाई खवाई, सहर पसेदेखि !!

हिजो तिम्रो लागि यो ज्यान दिन्छु भन्थ्यो

आज बिर्सिएको छ मलाई, सहर पसेदेखि !!

ooo

एक्लो जीवन जिउनुको, कारण कहिल्यै सोधिएन

फाटेको मन नसिउनुको, कारण कहिल्यै सोधिएन !!

सधैं रक्सी धोक्ने भएकाले मलाई जड्याह भनियो

खासमा के हो ? पिउनुको कारण कहिल्यै सोधिएन !!

ooo

ooo

प्रतिक्रिया दिनुहोस्