Logo

सक्कली मान्छेको गजल !



Spread the love

 

  • सक्कली मान्छे

 

जब बामे सर्न मेरा पैतालाले पाए !

जिन्दगीको पहिलो खुसी बाआमाले पाए !!

मान्छे मान्छेमा कहिल्यै भगवान देख्दैन

भगवान बन्ने सौभाग्य ढुंगाले पाए !!

हामी स्वतन्त्र भएर नि उड्न सकेनौँ

कसरी हिड्ने उड्ने कला चराले पाए ?

माया माया भन्दै किन भौतारिनु पर्थ्यो ?

चाहे जति सबै किन्न पैसाले पाए !!

जब ठेस खाइयो, लडियो, मुर्छा परियो

खुट्टा तान्ने सुनौलो मौका आफ्नाले पाए !!!

प्रतिक्रिया दिनुहोस्