Logo

मञ्जुर छ मलाई



Spread the love

 

 

  • सजु खकुरेल

 

गूड मर्निङ भन्दै

तिम्रो बिहानको पहिलो नजर

म बन्न नपाए पनि ।

तिम्रो तात्तातो कफी

त्यो कफीको स्वादिलो चुस्की संगै

तिम्रो पहिलो मुस्कानमा

मेरो खुलस्त मुस्कान

मिसाउन नपाए पनि,

मञ्जुर छ मलाई ।

‘यु आर लेट’ भन्दै

हतारहतार

तिमीलाइ हतार गराउने स्वर

मेरो नभइ

कोही अरु कै भए पनि ।

कामको ब्यस्ततामा पनि

समय निकालेर ‘ह्याड योर टिफिन’

सहितको कल

कोही अरुकै भए पनि

मञ्जुर छ मलाई ।

दिनभरिको थकाइ मार्न

इभेनिङ वाकमा निस्केका तिम्रा पाइलासँगै

साथै हिंड्ने एक जोडी पाइला

कोही अरुकै भए पनि ।

तिम्रो बद्लीरहने मुड

ठट्टयौली चुटकिलाहरुमा गुन्जिएको हाँसो

कोही अर्कैको भएपनी,

मञ्जुर छ मलाई ।

सम्बन्धको नाममा

मलाई साथी पनि नमान

मलाई त्यो नि मन्जुर !

किनकि

अाफु भित्र अाफैसंग अल्झिएकी म

सायद स-साना कुरामा रमाउने यो मन

तिम्रो ठुल्ठुला कुरा बुझ्न असमर्थ भयो होला ।

सितल साँझ र खुलस्त आकाशमा

हिंड्न् रुचाउने यी खुट्टाहरु

तिम्रो त्यो बाइकको स्पीडमा

बोर भैहाल्थे होलान् !

दौरा सुरुवाल र भादगाउले टोपीमा

हेर्न तर्सिएका यी आखाहरु

सायद तिम्रो त्यो पश्चिमा शैलीको

स्वादलाई कहिल्यै बुझ्थेनन होलान ।

र अन्त्यमा,

तिमीले कहिल्यै कतै

टाढिनुको कारण सोध्यौ भने

दिन भनी साँचेर राखेका जबाफहरु हुन् यी ।

तर तिमी कहिल्यै

भेटिएलाउ नभेटिएलाउ,

कारण सोध्लाउ नसोध्लाउ !

तर आफैले आफैलाइ पनि

यही प्रश्न गरिरहने भएर होला

आफैलाई सम्झाउन हरेकदिन

यिनै हरफहरुमा नयाँ शब्दहरुको

जाल थप्दै गैरहेकी छु !!!

ooo

ooo

प्रतिक्रिया दिनुहोस्