Logo

‘मेरी मामु’को ट्रेलर सार्वजनिक (भिडियो)



Spread the love

‘प्रेमगीत’, ‘प्रेमगीत २’ जस्ता सफल चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेनको निर्माण रहेको चलचित्र ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेल स्थित डिएभी स्कुलमा आयोजित कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । बाल मनोविज्ञानमा आधारित चलचित्रको ट्रेलरमा चलचित्र मुख्य कलाकार आयुव सेन फिचर छन् ।

सस्पेन्स थ्रिलर ट्रेलरमा एक बालक र आमाप्रतिको माया बोल्छ । यो चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् भने चलचित्रमा उनको लेखन रहेको छ । यही आउँदो भदौ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा आयुवको साथमा शारुख ताम्राकार, अश्लेशा ठकुरी, कुसुम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्