Logo

सिता पाण्डेको गजल !



Spread the love

 

 

  • सिता पाण्डे

 

सोच्ने गर्छु बारबार किन बनें म !

लाग्छ यहि त अपार किन बनें म !!

 

राखेर यहि प्रश्न ईश्वरको सामु

गर्ने गर्छु पुकार किन बनें म !!

 

घच्घच्याँउछ दिल तेर्साउँछ प्रश्न

बनाउँछ दिकदार किन बनें म !!

 

रहस्यको गाँठो खोलिदियौ भने

हुने थिएँ आभार किन बनें म !!

 

बैरागी म भा’छु नबुझेर यति

किन बन्यो संसार किन बनें म !!

प्रतिक्रिया दिनुहोस्