Logo

अनुष्का शर्माका भाइरल ट्रोल : माछा-तरकारी बेच्नेदेखि मैदानमा रोनाल्डोसँगको तस्बिरसम्म



Spread the love

बलिउडकी यो समयकी व्यस्त नायिका अनुष्का शर्माका केही ‘ट्रोल तस्बिर’ अहिले सामाजिक सन्जालहरूमा निकै भाइरल बनिरहेका छन् । ती तस्बिरमार्फत् ट्रोलरहरूले अनुष्काको मजाक उडाएका छन् ।

बलिउड अभिनेत्री अनुष्का शर्मा तथा अभिनेता वरुण धवन अभिनित फिल्म ‘सुर्इ धागाः मेड इन इन्डिया’को ट्रेलर गएको हप्ता रिलिज भएको थियो ।ट्रेलरमा अनुष्का र वरुण एक सामान्य परिवारका श्रीमान श्रीमतीको भूमिकामा देखिएका छन् । यो ट्रेलर सार्वजनिक भएसँगै अनुष्का शर्मा सामाजिक सञ्जालमा छाइरहेकी छिन् । उनको ट्रेलरमा रहेका गृहणी लुकको मेम बनाएर अहिले सामाजिक सञ्जालमा रमाइलो गर्दै ट्रोलरहरुले मजाक उडाइरहेका छन् ।

अनुष्कालाई ट्रोलरहरुले माछा बेच्नेदेखि तरकारी बेच्नेसम्म बनाइदिएका छन् ।अमेरिकाका राष्ट्रपति ट्रम्प र अन्य हाइ प्रोफाइल व्यक्तिहरुको बीचमा अनुष्का शर्माको फोटाे राखेर मजाक उडाइएको छ ।

हेर्नुहोस् केही ट्रोल तस्बिर :

 

प्रतिक्रिया दिनुहोस्