Logo

‘कथा काठमाण्डु’को ‘हट एण्ड बोल्ड’ ट्रेलर सार्वजनिक (भिडियो)



Spread the love

पछिल्लो समय विवादित बनिरहेको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ । केही समयअघि चलचित्रको ‘रातको कुरा…’ बोलको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण चर्को आलोचना भइरहेको छ । सार्वजनिक ट्रेलरमा काठमाडौँ भित्र घटिरहेका तीन पात्रको कुरालाई उठाइएको छ । संगीता श्रेष्ठको निर्देशन र लेखनमा बनेको चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज, प्रमोद अग्रहरी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ । आहाना फिल्मस्को प्रस्तुति रहेको चलचित्रलाई विजय राईले निर्माण गरेका हुन् । चलचित्रमा लुजा सिंहको छायाङ्कन रहेको छ । यो चलचित्र आउँदो असोज १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/s_57rsKUPjU

प्रतिक्रिया दिनुहोस्