Logo

सिड्नीमा पहिलो पटक ‘राप्ती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड’ हुदै



Spread the love

नेपाली, कला, भाषा, सस्कृतिलाई बिश्वोब्यापी करण गर्ने उदेश्यका साथ अस्ट्रेलियामा पहिलो पटक राप्ती अन्तरास्ट्रिय म्युजिक अवार्ड हुने भएको छ । बाबा एजुकेसन कन्सल्टेन्सीकोे प्रायोजनमा हुन लागेको म्युजिक अवार्ड राप्ति समाज अस्ट्रेलियाले आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम सेप्टेम्बर ८ तारिखको दिन बेलुका ६ बजेदेखि सिड्नीको इन्द्रेणी फङ्सन सेन्टर, रकडेलमा हुने जनाइएको छ । अवार्ड कार्यक्रममा नायक पल शाह, गायिका राधिका हमाल, सिन्धु मल्ल, गायक कृष्ण रेउले र प्रकाश रेग्मीको सहभागिता हुनेछ।नेपाली कलाकारलाई प्रोत्सहन र राप्ति अञ्चलमा जन्मेका कलाकारहरुलाई सम्मान स्वरूप आयोजना हुन लागेको राप्ती अन्तरास्ट्रिय म्युजिक अवार्डको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी राप्ती समाज अष्ट्रेलियाका अध्यक्ष नरेश रेग्मीले बताएका छन । बाबा एजुकेसन कन्सल्ट्यान्सी र आर के एस अस्ट्रेलियले कार्यक्रमलाई प्रायोजन गरेको छ र आफुहरुले यस्ता कार्यक्रमलाई प्रोमोट गर्न पाउनु गर्भको बिषय रहेको बताउछन् बाबा एजुकेसन कन्सल्टेन्सिका सी ई ओ रबिन्द्र कुमार शर्मा ।

अस्ट्रेलियाको सिड्नीमा अवस्थित बाबा एजुकेसन कन्सल्टेन्सिले सिड्नीमा आयोजना हुने धेरै कार्यक्रमहरुलाई आर्थिक सहयोग गर्ने गर्छ जसले गर्दा विदेशमा रहेर पनि नेपाली कला- सस्कृतिलाईलाई जगेर्ना गर्न आफुहरुको यो कदमले केहि टेवा पुग्ने बताउछन्, बाबा एजुकेसन कन्सल्टेन्सिका मार्केटिंग म्यानेजर अमृत शर्मा ।

प्रतिक्रिया दिनुहोस्