Logo

कतै शाहरुख र सलमानको दोस्ती देखावटी त होइन ?



Spread the love

shah-rukh-khan-salman_640x480_61438062383

करिब ५ बर्ष लामो दुश्मनीपछि बलिउड नायक सलमान खान र शाहरुख खानबीच केही बर्षदेखी फेरी मित्रताको टुसा पलाएको छ । विगतमा निकै गहिरो दोस्ती रहेको यी दुई बीच केही वर्षको दुश्मनी अन्त्य भएसँगै फेरी मित्रताको लहरा झ्याङगिंदै छ ।

केहि दिन अघि अभिनेता शाहरुख खानले आयोजना गरेको पार्टीमा सलमान पुगेका थिए । शाहरुख निवास मन्नतमा पुगेर सलमानले मध्यरातसम्म पार्टी गरेका थिए ।

सोमबार बेलुकी अभिनेता सलमान खानको निवास ग्यालेक्सीमा पनि पार्टीको आयोजना गरिएको थियो । सो पार्टीमा शाहरुख मध्यरातमा पुगेका थिए । शाहरुखलाई स्वागत गर्न गेटमै पुगेका अभिनेता सलमान खान निकै खुशी देखिएका थिए ।

सलमानको घरमा आयोजित पार्टीमा शाहरुख विहान ४ बजेसम्म बसेका थिए । फर्कने बेलामा शाहरुख र सलमानले एक अर्कालाई अंकमाल गरेका विभिन्न संचारमाध्यमहरुले फोटो सार्वजनिक गरेका थिए ।

शाहरुख र सलमानको यो मित्रता अहिले बलिउडमा चर्चाको बिषय बनेको छ । सलमानले शाहरुख अभिनित फिल्म ‘डीअर जिन्दगी’ हेर्नका लागि ट्विटरमार्फत फ्यानलाई आग्रह गरेका थिए । तर कतिपयले भने यी दुई नायक एक अर्काको चरम प्रतिश्पर्धी रहेको बताउँदै यी दुईबीच देखिएको दोस्ती देखावटी मात्र भएको र धेरै दिन नटिक्ने टिप्पणी पनि गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्