Logo

दुुई ठूला ब्यानरका मल्टिस्टारर चलचित्र ‘छक्का पञ्जा ३’ V/S ‘जय भोले’ बीच भिडन्त हुँदै,कस्ले मार्ला बाजी ?



Spread the love

कुनै समय चलचित्र नपाएर सिनेमाहलहरू बन्द भएका समाचार अनौठो लाग्दैनथ्यो । अहिले भने यसको विपरीत सिनेमाको सङ्ख्या अत्यधिक भएपछि कसको सिनेमालाई प्राथमिकतामा राख्ने वा कसको सिनेमा चलाउने भन्नेमा हल सञ्चालकहरू तनावमा पर्ने गरेका छन् । त्यसो त चलचित्र प्रदर्शनमा देखापरेको अस्वस्थ प्रतिस्पर्धाले पनि चलचित्र निर्माता र प्रदर्शकहरूबीच मनोमालिन्य हुने गरेको पाइन्छ ।

गुट–उपगुटमा बाँडिएका चलचित्र प्रदर्शकहरू लड्न र लडाउन तयार भएपछि अन्ततः त्यो घाटा दर्शकलाई होइन आफैँलाई पर्छ भन्ने तथ्य उनीहरूले बुझेका छैनन् । दुई आशालाग्दा चलचित्रहरू एक–आपसमा जुध्दा अन्ततः घाटा वा नकारात्मक असर दुवैलाई पर्ने पक्का छ।

यती बेला नेपाली दुई मल्टिस्टारर चलचित्रबीच भिडन्त हुने भएको छ । चलचित्र ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ ।सारिरिक भिडन्त वा द्वन्दको कुरा हैन यि दुई चलचित्र एक साथ प्रदर्शन हुने भएको छ । प्रसंग हो ‘छक्का पञ्जा ३ र ‘जय भोले’ चलचित्रको । दुबै चलचित्र एक साथ बक्स अफिसमा रिलिज हुने सम्भावना बढेपछि दर्शकमा समेत कौतुहलता बढेको छ ।तर सिने बृतमा यतिबेला बाजि कस्ले मार्ला भन्ने प्रश्न उब्जिएको छ ।अहिले हरेक हप्ता दुई वा तीन फिल्म हल छिर्ने गरेका छन् । कहिलेकाहिं ‘इगो’ भावनाले ठूला ब्यानरका मल्टिस्टारर फिल्म एकसाथ जुध्दा त्यसले सिनेवृतमा ठूलै तरंग ल्याउने गरेको छ ।

यस वर्षको दशैँमा पनि दुई ठूला ब्यानरका प्रतिक्षीत फिल्म प्रदर्शनमा आउँदैछन् । ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ दशैँ रिलिज फिल्म हुन् ।रोचक कुरा त यी दुई फिल्मले अहिलेसम्म आधिकारिक रुपमा प्रदर्शन मिति तोकेका छैनन् ।

दुबै फिल्मका मेकर्स एकअर्काको मुखामुख गरेर बसेका छन् । ‘छक्का पञ्जा’ का दुई सिरिज दशैँको फूलपातीमा प्रदर्शनमा आएका थिए । तेस्रो सिरिज पनि यही दिनमा आउने प्रवल सम्भावना छ । तर, निर्माण टिमले कन्फर्म गरेको छैन ।यता १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका अशोक शर्माले ‘जय भोले’ को ट्रेलर सार्वजनिक गरे तर प्रदर्शन मिति राखेनन् । ट्रेलरमा लेखिएको छ, ‘यसपालीको दशैँ ‘जय भोले’ सँगै ।’ तर, दशैँको कुन दिन ?

‘जय भोले’ ले गीतसँगै ट्रेलरमा पनि प्रदर्शन मिति नराख्दा अहिले ‘छक्का पञ्जा’ टिममाथि ठूलो तनाब आइपरेको छ । सकभर दीपकराज गिरी र दीपाश्री निरौला उक्त फिल्मसँग ‘छक्का पञ्जा ३’ जुधाउने मनस्थितिमा छैनन् । अब केही दिनमा ‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वजनिक हुँदैछ । यो फिल्मले दशैँको कुन दिन रोज्नेछ ?त्यो भने ट्रेलर रिलिज भएपछी नै थाहा होला । यति चाहि पक्का हो की यी दुई चलचित्रबीच प्रतिष्पर्धा भने निकै हुनेछ ।

‘छक्का पञ्जा ३’ आफैँमा चर्चित अनि बहुप्रतिक्षित चलचित्र हो। यसले स्वभाविकरुपले दर्शक हलसम्म तान्नेछ यसमा दुईमत छैन । तर यता १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका अशोक शर्माले बनाएको मल्टिस्टारर ‘जय भोले’ पनि ‘छक्का पञ्जा ३’ भन्दा कम भने पक्कै छैन किन भने पछील्लो समयका दुई चर्चित अभिनेता सौगात मल्ल र खगेन्द्र लामिछाने यसै चलचित्रमा छन्।

यस्तोमा यी दुई चलचित्रबीच ठुलो भिडन्त हुने पक्का छ । ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ का लागि दर्शक बाँढिनेछ । जुन दुबै चलचित्रका लागि सायदै हितकार होला । अब आम दर्शकहरुका लागि यसपालिको दशैँ झनै प्रतिक्षाको बिषय बन्न पुगेकोछ ।

प्रतिक्रिया दिनुहोस्