Logo

यू १९ एकदिवसीय क्रिकेट:आज नेपाल र अफगानिस्तान खेल्दै



Spread the love

भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आज नेपाल र अफगानिस्तान खेल्ने भएका छन् । भारतका दुई तथा नेपाल र अफगानिस्तानसहित ४ टिम सहभागि प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । उपाधिका लागि भारतका ए र बी टिम खेल्ने छन् ।

नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान भारतका दुबै टिम र नेपालसँग पनि पराजित भएको थियो । लिगको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको नेपालले आजको खेलमा अफगानिस्तानलाई फेरि पराजित गर्न सके तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याउने छ ।

प्रतिक्रिया दिनुहोस्