Logo

प्रधानमन्त्री ओली र भारतीय अभिनेता गोविन्दाबीच बालुवाटारमा भेटघाट



Spread the love

एलजी सिने सर्कल अवार्डमा सहभागी हुन काठमाडौं आएका भारतीय अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमै गई गोविन्दाले  प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन ।प्रधानमन्त्रीसँगको भेटमा गोविन्दाकी छोरी टिना पनि साथमा थिइन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन छोरी टिना आहुजासहित नेपाल आएका अभिनेता गोविन्दाले सोमबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

गत शनिबार काठमाडौँ आएका गोविन्दाले हिजो पशुपतिनाथ मन्दिरमा १ लाख ५६ हजारको विशेष पूजा गरेका थिए ।भेटमा के कुरा गरे भन्ने बारे समेत खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्