Logo

हत्याको अभियोगमा तीनजना पक्राउ



Spread the love

कैलाली, ४ असोज – कैलालीको जोशीपुर गाउँपालिका–१ का ३२ वर्षीय व्यवसायी रामप्रसाद ओझा (जैसी)कोे हत्या गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई आज सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा आयोजित पत्रकार सम्मेलनमा व्यापारी ओझाको हत्या भएको घटनामा संलग्न भनिएका जोशीपुर गाउँपालिका–१ का गङ्गाराम चौधरी, राजकुमार डङ्गौरा चौधरी र टीकापुर नगरापालिका–८ का डम्बर चौधरीलाई सार्वजनिक गरिएको हो । यी अभियुक्तहरुले गएको भदौ २८ गते राति जोशीपुर गाउँपालिका–१ स्थित आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका ओझाको पसलमा गई निजको हत्या गर्नाका साथै पसलबाट नगद लगायतका सामान चोरी गरी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।

निजहरुको साथबाट मृतक ओझाले प्रयोग गर्ने एक थान मोबाइल, सिमकार्ड र घटनापछि भारततर्फ जान लागेका अभियुक्त रामकुमार चौधरीको साथबाट भारतीय रुपैयाँ सात हजार ११० समेत बरामद गरिएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्