Logo

काउली बुढी र भागिरथ चलाउनेको मार्मिक दसैँ गीत “आँसु झर्थेन” बजारमा



Spread the love

नेपालीहरुको महान चाड बडा दशैं आगनिमा छाईसकेको छ ।दशैंसंगै धेरैलाई खुशी त केहीलाई दुःख पनि भित्री रहेको हुन्छ । कोही पैसाको अभाबमा दुखी हुन्छन् , कोही आफ्ना आफन्तसंगै नहुँदा दुखी हुन्छन् । यस्तै आफन्त संगै नहुदाको पिडाको भाव समेटेर तयार पारिएको दसैं गीत आसुँ झर्थेन बोलको गीत सार्वजनिक गरिएको छ । जसमा भागीरथ चलाऊने र सन्ध्या बुढा (काउली बुढी)को स्वर रहेको छ ।विभिन्न बाध्यताले परदेशी युवाहरुको पिडादायी एवंम दुखद पल यादहरुलाई समेटेर गीत तयार गरिएको छ । गीतमा चाडपर्वको बेला आफनो स-परिवारसंग चाडपर्व मान्न नपाउनुको पिडालाई ब्यक्त्त गरिएको छ ।तिर्सना म्युजिकले बजारमा ल्यायको उक्त गीतमा शब्द बाबुराम बोहराको रहेको छ । दुर्गा पौडेलको छायाङ्कन तथा बाबुराम बोहराको निर्देशनमा तयार गरिएको गीतमा अनु पराजुली र बिशाल बोहराको अभिनय रहेको छ । भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्