Logo

फिल्म ‘दि कर्मा’को फर्स्टलुक संगै रिलिज डेट घोषणा



Spread the love

भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको चलचित्र ‘दि कर्मा’ को फस्टलुक रिलिज गरिएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको फस्टुलकमा वर्माको सुगठित शरीरलाई फोकस गरिएको छ ।करण ’मिस्टर इन्डिया २०१७’ का विजेता समेत हुन् ।जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।

फिल्मका गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । जय राज रायले निर्माण गरेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

हेर्नुहोस् फर्स्टलुक टिजर:

https://youtu.be/wxkAZO3YeMY

प्रतिक्रिया दिनुहोस्