Logo

फरार अभियुक्त पक्राउ



Spread the love

७ असोज, भोजपुर – जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तव्यज्यान मुद्दाका फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको हो ।

प्रधानले २०५२ असोज ७ गते स्थानीय केदारबहादुर खड्काको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले १० वर्ष कैद फैसला गरेको प्रहरीले जनाएको छ । कैद फैसलापछि फरार रहेका प्रधानलाई प्रहरीले पक्राउ गरी आज जिल्ला अदालत भोजपुरमा हाजीर गराएको थियो । अदालतकोे आदेशअनुसार प्रधानलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्