Logo

बलात्कारीलाई ५ वर्ष कैद र रु एक लाख जरिवाना



Spread the love

१० असोज, गाईघाट – बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र रु एक लाख दण्ड जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले मङ्गलबार बलात्कारको अभियोगमा पक्राउ परेका उदयपुर त्रियुगा नगरपालिका– १४ साउने गाउँका ३६ वर्षीय शिवबहादुर राईविरुद्ध सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । आफ्नै छिमेकी ३३ वर्षीया एक महिलालाई राति बलात्कार गरेको अभियोग उनीमाथि लागेको थियो ।

विसं २०७४ फागुन २४ गते घरमा कोही नभएका बेला कोठामा गएर राईले ती महिलालाई बालात्कार गरेका थिए । पीडितले गत चैत १ गते निवेदन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर बलात्कारसम्बन्धी मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्