Logo

साइकल: दार्जिलिङका चिया मजदुरकाे कथा



Spread the love

दार्जिलिङका चिया मजदुरको जीवनको कथामा बुनिएको गीत ‘साइकल’ रिलिज गरिएको छ। कवि राजा पुनियानीको शब्दमा रहेको ‘साइकल’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो। गीतमा झुमा लिम्बू र समीर शर्माले स्वर दिएका छन् भने पुनियानी र शान्तिला तामाङले फिचरिङ गरेका छन्। म्युजिक भिडियोको निर्देशन पल्लविव राईले र संगीत समीर शर्माले भरेका छन्।साइकललाई कमानका मजदुरको संघर्षको बिम्बका रूपमा प्रस्तुत गरिएको उनले बताए। पुनियानी भन्छन्, ‘साइकल चिया कमानका मजदुरको संघर्षको बिम्ब हो। भारतमा ब्रिटिसहरूले आफू आएपछि रेलको विस्तार गरे र त्यससँगै चिया कमानको पनि स्थापना गरे। भारत स्वतन्त्र भएपछि कमानका मालिक फेरिए, अहिले भारतीय मालिक छन्, तर चियाका बुट्टा र मजदुर तिनै छन्। साथै उनीहरूको दुःख पनि उस्तै छ।’

गीतमा यही भाव प्रस्तुत गरिएको पुनियानीले बताउँछन्। सिलिगुडीमा बसेर साहित्य सिर्जनामा लागेका पुनियानी दुई सय वर्षदेखि दार्जिलिङ र त्यसवरपरका चिया बगानमा काम गर्ने मजदुरको दुःख दुई सय वर्ष पुरानो रहेको बताउँछन्।

हेर्नुहोस् भिडियो:

https://youtu.be/DYncoidgoiE

प्रतिक्रिया दिनुहोस्