Logo

कर्णाली नदीमा भेटियो शब



Spread the love

१४ असोज, टीकापुर– टीकापुर नगरपालिका–८ सत्तीस्थित कर्णाली नदीको पुल मुनि शनिबार एक पुरुषको शव भेटिएको छ । पुलको पिलरमा अड्किएको पानीमा तैरिरहेको अवस्थामा शव भेटिएको हो । पुरुषको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।

पुलमुनी शव रहेको स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालयको टोली गएको थियो । कालो टी-सर्ट र निलो रङको हाप पाइन्ट लगाएको र करिब ५ फिट ६ इन्च अग्लो रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्