Logo

काठमाडाैंमा खुला फुटसल प्रतियोगिता हुने



Spread the love

१८ असोज, काठमाडौँ – वीर गणेशमान दोस्रो स्मृति कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

प्रतियोगिताबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा तरुण दल–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले शुक्रबारदेखि मनाङ फुटसल क्लब सामाखुशीमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए ।

प्रतियोगिता असोज २३ गतेसम्म चल्ने तामाङले बताए । सम्मेलनमा तरुण दल २६ वडाका सचिव मनिष डङ्गोलले युवापुस्ता फुटसल खेलप्रति आकर्षित हुँदै गएकाले आफूहरुले पनि उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिए । उहाँले उक्त खेललाई रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको बताए ।

खेलको प्रथम विजेतालाई रु २ लाख, द्वितीयलाई रु १ लाख, तृतीयलाई रु ३० हजार र चौथोलाई रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका २५ भन्दा बढी क्लबको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्